सिधासेवा साइट तथा यो सँग सम्बन्धित विषय क्षेत्रमा प्रवेश तथा प्रयोग गर्नुलाई तपाईले पूर्ण रूपमा
सिधासेवाको
नियम, शर्त तथा बन्देजहरूलाई स्वीकार तथा सम्झौताहरू पालना गर्ने सहमति जनाउनु भएको मानिनेछ।
तपाईंले सिधासेवाको प्रयोग गर्दा अनिवार्य रूपमा नेपालको कानुन तथा अनलाइन सम्बन्धी सबै प्रचलित
कानुनहरूको
पूर्ण रुपमा पालना गर्नु हुनेछ। सिधासेवाको साइटद्वारा वस्तु तथा सेवा सम्बन्धी हुने जानकारी तथा कारोबारहरूको
सम्पूर्ण जवाफदेहिता र उत्तरदायी स्वयंले नै लिने कुरामा मेरो पूर्ण सहमति रहेको छ।
सिधासेवाको प्रयोगकर्ता वा खाता सञ्चालक (सदस्य) नेपालको कानुनले योग्य ठहरिएको हुनुपर्नेछ। अन्यथा
कानुन विपरीत
भएमा म कानुनको भागी हुने कुरामा मेरो सहमति छ।
सिधासेवामा कुनै पनि व्यक्ति तथा व्यवसायी निकायले एकपटक भन्दा बढी सदस्यको रुपमा दर्ता हुन पाउने
छैन।
सिधासेवाको माध्यमद्वारा वस्तु तथा सेवाको जानकारी तथा लेनदेन गर्नको निम्ति अनिवार्य रुपमा
सिधासेवाको खाता
(सदस्य) हुनुपर्ने छ। सिधासेवाको सदस्य हो कि होइन भन्ने कुरा स्वयं कारोबार गर्नेले नै सुनिश्चित गर्नु पर्नेछ
अन्यथा सिधासेवा जवाफदेही हुने छैन।
तपाईले साइटमा कुनै त्यस्तो वस्तु तथा सेवाको पोस्ट प्रचार प्रसार गर्नुहुने छैन। जसले कसैलाई
क्षति, कष्ट,
पीडा, अपमान, विभेद, भ्रम, अवास्तविकता तथा समाजमा अशान्ति पैदा गरोस्।
तपाईले साइटमा पोस्ट गर्नुभएको जानकारीहरू सिधासेवाले प्रमाणिकरण गरेर मात्रै साइडमा देखाइनेछ। जुन
कार्य २४
घण्टा भित्रमा हुनेछ। यदि तपाईले पोस्ट गर्नुभएको जानकारीहरू अपूर्ण तथा अनुपयुक्त देखिएमा त्यस्तो पोस्टहरू
नदेखाउन वा रद्द गर्न सक्ने कुरामा तपाईंको सहमति छ ।
सिधासेवाको प्रयोगको निम्ति अनिवार्य रूपमा खाता खोल्नु पर्नेछ। जहाँ वास्तविक र सत्य विवरण
राख्नुहुनेछ।
खातावालाको नाम, प्रदेश, जिल्ला, गा.पा/न.पा. वडा नम्बर, साथै अस्थायी वा स्थायी ठेगाना र सम्पर्क नम्बर आदि
आवश्यक विवरणहरु उपलब्ध गराउने तथा यसको सम्पूर्ण जवाफदेहिता स्वयं नै हुने कुरामा तपाईको पूर्ण रूपमा सहमति
हुनेछ।
तपाईंले सिधासेवा साइटमा बस्तु तथा सेवाको पोस्ट तथा जानकारी १ दिन देखि ३६५ दिन सम्म गर्न सक्नु
हुनेछ। समय
अवधि समाप्त भएपछि स्वत साइटबाट विवरणहरू हट्नेछ।
तपाईले वस्तु तथा सेवाको जानकारी तथा विवरणहरू लेनदेन कार्य पूर्ण भएपछि वा कारोबार नगर्ने भाएमा
साइटबाट पोस्ट
हटाउनु हुनेछ। अन्यथा साइटमा उक्त बस्तु तथा सेवा सम्बन्धी कुनै गुनासो तथा भ्रम सिर्जना हुन गएको खण्डमा बिना
सूचना खाता र विवरणहरू हटाउन सक्ने कुरामा तपाईंको सहमति हुनेछ।
सिधासेवाले आफ्ना सेवाहरू प्रवाह गर्ने क्रममा कुनै कारणले आफ्नो काबु भन्दा बाहिर गई साइटमा अवरोध
सिर्जना हुन
गएमा उत्पन्न हुने जुनसुकै परिणाम प्रति मेरो लागि स्वीकार्य हुनेछ।
तपाईंले सिधासेवाद्वारा बस्तु तथा सेवाको लेनदेन गर्दा कारोबार गर्ने व्यक्ति विचौलिया होइन भन्ने
कुरा आफै
सुनिश्चित गर्नुहोस् अन्यथा तपाईं ठगिमा पर्ने सक्नुहुनेछ। कारोबार पूर्ण नभइकन सकेसम्म आर्थिक कारोबार
नगर्नुहोस्। गर्ने परेमा दुबै पक्षलाई कानुनी मान्यता प्राप्त हुने गरी गर्नुहोस्। कारोबारलाई सुरक्षित र
व्यवस्थित गर्नको निम्ति व्यक्तिसँग सम्बन्धित वस्तु तथा सेवाको विषयमा आवश्यक जानकारी लिनु परेमा तपाईंले नै
नेपाल सरकारको विभिन्न निकायहरू वडा कार्यालय, गाउँपालिका, नगरपालिका, प्रहरी प्रशासन, विविध जनप्रतिनिधिहरू तथा
सरोकारवाला निकायहरूसँग समन्वय गर्नुहुनेछ।
यस साइटमा प्रयोग भएको प्रतिलिपि अधिकार ट्रेडमार्क लोगो तथा स्वामित्वमा भएका अन्य सबै कुराहरूको
निर्णयको
अधिकार सिधासेवासँग सुरक्षित रहेको छ। कसैले पनि यसको अनधिकृत प्रयोग गर्न पाइने छैन।
तपाईको प्रयोगको कारणले गर्दा सिधासेवाको साइटमा कुनै पनि अवरोध तथा क्षति पुग्न गएको खण्डमा त्यसको
सम्पूर्ण
क्षतिपूर्ति बेहोर्ने कुरामा तपाईंको सहमति रहेको छ।
सिधासेवाले तपाईंको गोपनीयताको सम्मान गर्दछ। तपाईंको गोपनीयता हाम्रो लागि महत्त्वपूर्ण छ। तपाईंको
आफ्नो
खाताको उचित प्रयोग तथा सदुपयोग गर्नको लागी आवश्यक पर्ने कदम चाल्ने जिम्मेवारी स्वयंको नै हुने कुरामा तपाईं
सहमत हुनुहुन्छ।
तपाईले वस्तु तथा सेवाको कारोबार गर्नु पूर्व तथा कारोबार पश्चात अपनाउनुपर्ने सबै कानुनी
प्रक्रियाहरू तथा
कानुनी आर्थिक दायित्वहरू नियम अनुसार तपाईं स्वयंले नै बुझाउनेमा तपाईंको सहमति रहेको छ।